काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका पुगेका व्यक्तिहरूलाई जारी गरिएका ग्रीनकार्डहरूको पुनरवलोकन गर्ने घोषणा गरेको छ । अमेरिकी नागरिकता र आप्रवासन सेवाका प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले ती १९ देशका नागरिकका ग्रीनकार्ड पूर्ण र कडाइपूर्वक पुनः जाँच गर्ने निर्देशन दिएको बताएका छन् ।
उक्त सूचीमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा (म्यानमार), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सिएरा लियोन, तुर्कमेनिस्तान, टोगोलगायत देश रहेका जनाइएको छ । यो घोषणा एक अफगान नागरिकले वासिङटन डीसीमा बुधबार दुई नेसनल गार्डमाथि गोली चलाएको घटनापछिको हो । उक्त घटनामा एक नेसनल गार्डको मृत्यु भएको छ ।