आज घट्यो सुनको मूल्य, चाँदीको बढ्यो 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

बुधबार प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन बुधबार ३ हजार २२० रहेको प्रतितोला चाँदीको मूल्य बिहीबार ३ हजार २८० पुगेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार