काठमाडौँ – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा भोलि अर्थात चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ ।
लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता सेयर निष्काशन गर्न लागेको हो। सो सेयरका लागि लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।