घट्योआजपनि सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बुधबार पहेँलो धातु सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ हजार १ सय रुपैयाँले सस्तिएको छ ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा काराेबार भईरहेको छ ।

अन्तर्राष्ट्रि बजारमा आज सुनको मूल्य प्रतिऔंस १ प्रतिशत बढीले घटेसँगै नेपाली बजारमा समेत सुनको भाउमा कमी आएको हो । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार