ट्रम्प र सी आज दक्षिण कोरियामा भेटवार्ता गर्दै

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदै छ ।

एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरममा सहभागिताको लागि दक्षिण कोरियमा रहेका दुई नेताबीच स्थानीय समयअनुसार आज बिहान ११ बजे साइडलाइन वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरुबीच दक्षिण तटीय शहर बुसनमा भेटवार्ता हुनेछ ।

ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि यी दुई नेताबीच पहिलोपटक भेट हुन लागेको हो । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि चीनसँग व्यापार युद्ध सुरु गरेका थिए । व्यापार युद्धका कारण दुई देशबीच सम्बन्धन चिसिएको थियो ।

यस भेटवार्तामा दुई देशबीचको व्यापारको विषयमा छलफल र निर्णय हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार