नेप्से १६.९५ अंकले घट्यो, पाँच अर्ब ७९ करोडको कारोबार

काठमाडौं । नेप्सेमा मंगलबार (चैत १९)को कारोबारमा घटेको छ । सेयर बजार १६.९५ अंकले घटेको हो । योसँगै बजार मापक २६७७.१७ विन्दुमा कायम छ ।

यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ । २०१ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार घट्दा गार्डियन माइक्रो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियनको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ५७९ रुपैयाँ पुगेको छ ।

विशालबजार कम्पनी, राधी विद्युत् कम्पनी, सयपत्री हाइड्रो, एनआरएन इन्फ्रास्ट्रचर कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

गुराँस लघुवित्त, उपकार लघुवित्त, छ्याङ्दी हाइड्रो, दोर्दीखोला, राष्ट्रिय वाणिज्य बैंकको म्युचअल फन्ड उच्च गुमाउने शीर्ष स्थानमा परे ।

घट्दो बजारमा पाँच अर्ब ७९ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६ लाख ७० हजार कित्ता सेयर ५६ हजार ५४८ पटकमा खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार