काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको छ ।
गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो ।”