काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०८२–८३ को पहिलो अर्थात साउन महिनामा २० अर्ब २ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । हाल १४ ठूला र ३ लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नेपाल लाइफले ६ अर्ब १९ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड र एलआइसी नेपालले २ अर्ब ३ करोड रुपियाँ कूल बीमाशुल्क संकलन गरेको छ ।