काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल ९नाडा० ले आयोजना गरेको नाडा अटो शो–२०२५ को पहिलो दिनमै अवलोकनकर्ताको ठूलो भीड देखिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौको ८ गतेसम्म सञ्चालनमा रहने उक्त अटो शोमा आज पहिलो दिनमै अवलोकनकर्ताको घुइँचो देखिएको हो ।
शोको पहिलो दिन नै प्रदर्शनी हल भरिभराउ देखिन्थ्यो । युवादेखि वृद्धसम्म, विद्यार्थीदेखि व्यवसायीहरूसम्मको सहभागिता जनाउने क्रम नाडा अटो शोमा जारी छ । एक्सपोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली गरेका छन् ।
उद्घाटनको क्रममा ओलीले सफलताको शुभकामना दिँदै अटो प्रविधिका विषयलाई झल्काउनले यस शोले सकारात्मक सन्देश दिने बताए । यसपटकको अटो शोको मुख्य आकर्षण डिपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी ९उड्ने कार० र युनिट्री रोबोट्स रहेका छन् ।
उक्त प्रविधि हेर्नका लागि अवलोकनकर्ताहरूको उपस्थिति नाडा अटो शोमा उल्लेखनीय रहेको छ । नाडा सोमा यस्ता प्रविधि राखिंदा नेपालीले पनि यस्ता प्रविधिको विकास गर्न सक्ने बताउँदै ओलीले यस्ता प्रविधिलाई नेपालमै बनाएर बेच्न सक्नु पर्ने पनि बताए ।