काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर भएको र ५६ लाख रुपैयाँ सहयोग संकलन भएको बताएको छ।
पार्टी केन्द्रीय कार्यालय चःमतीमा सचिवालय बैठकपछि पार्टी प्रवक्ता मनीष झाले उक्त जानकारी दिएका हुन्।
साथै टोल समन्वय समूह बनाई वडाभन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ। वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको हो।
झाका अनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताए। बैठकले रूपन्देही उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।