आजको विनिमयदर ! अमेरिकी डलर संगै युरोको भाउ घट्यो

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०।१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ५४ पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि सोमबार यसको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा थियो ।

आज यूरोपियन युरो एकको खरिदमूल्य १४८ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा युरोभाउ १७ पैसाले घटेको छ । सोमबार यसको खरिदमूल्य १४८ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य १४९ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ९३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ३० रूपैयाँ ९७ पैसा कायम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार