नेपाली बजारमा आज सुनको मूल्य बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो।

मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार