सुनको मूल्य स्थिर, चाँदीको भने ४० रुपैयाँले घट्याे

काठमाडौं– सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने ४० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले वृद्धि भई सोमबार एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

त्यसै गरी, एक तोला चाँदीको मूल्य दुई हजार २७५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार