काठमाडौं । सिद्धार्थ बैंकले आज (असार २९ गते) बाट ‘एसबीएल डिबेन्चर–२०९१’ नामक ऋणपत्र निष्कासन गर्दैछ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता एक हजार रुपियाँ दरले दुई अर्ब ५० करोड रुपियाँबराबरको २५ लाख कित्ता ऋणपत्र निष्कास गर्न अनुमति पाएको थियो ।
कुल निष्कासनमध्ये १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ ।
१० वर्षे अवधि तथा वार्षिक ७.५ प्रतिशत ब्याज पाइने यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासन बन्द छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गते हुनेछ ।
गानीकर्ताले सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाsf साथैसीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।