सिटिजन्स सदाबहार योजनामा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि बिक्री खुला गरेको ‘सिटिजन्स सदाबहार योजना’ को खरिदका लागि आवेदन दिने आज (असार २७) अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा ५० करोड रुपियाँबराबरको ५ करोड इकाइ बिक्रीमा ल्याएको छ ।

कुल निष्कासन हुने इकाइमध्ये बीज पुँजीबापत ७५ लाख इकाइ ९वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत० कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित गरी बाँकी ४ करोड २५ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार