तीन सय ३२ किलोमिटरको रेन्ज दिने ‘एमजी विन्डसर ईभी’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर ईभी गाडी सार्वजनिक गरेको छ । भारतमा निर्मित प्रिमियम डिजाइन भएको यस गाडी बुधाबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको हो ।

उक्त क्रममा एमजी मोटर्स नेपालका प्रवक्ता सुनिलबहादुर क्षेत्रीले विन्डसर ईभी आरामदायी यात्राको लागि निकै उपयुक्त रहेको बताए । ुविन्डसर ईभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ, हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ,ु उनले भने ।

कम्पनीले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको क्षेत्रीले बताए । विन्डसर ईभीमा कम्फर्ट र प्रिमियम फिचरहरू दिइएका छन् ।

यो गाडी परिवार र व्यवसायिक व्यक्तिहरूका लागि निकै उपयुक्त रहेको कम्पनीले बताएको छ । गाडीमा १३५ डिग्री रेक्लाइन हुने एरो लाउन्ज सिट, ६०४ लिटरको ठुलो बुट स्पेस र १५।६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ । जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउने कम्पनीको दाबी छ ।

यसका साथै, एकपटकको ब्याट्री फुल चार्जमा ३३२ किलोमिटरको रेन्ज प्रदान गर्ने यो गाडीमा ३८ किलोवाटको ब्याट्री दिइएको छ । कम्पनीका अनुसार गाडीमा वायरलेस चार्जिङ सुविधा पनि दिइएको छ । गाडीमा दिइएको एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार प्रिमियम अपिल बढाउन गाडीमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएको छ । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग दिइएको यो गाडी आईपी६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरिसकेको बताइएको छ ।

विन्डसर ईभी दुई भेरियन्टमा उपलब्ध छन् । कम्पनीले विन्डसर एक्साइ भेरियन्टको मूल्य ३७ लाख ९९ हजार र एक्सक्लुसिभ भेरियन्टको ३९ लाख ९९ हजार रुपियाँ तोकिएको छ ।

१८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको यो गाडी सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । विन्डसर ईभीमा ८ वर्षको ब्याट्री वारेन्टी दिनुका साथै एमजीका अन्य मोडलका गाडी जस्तै यो गाडी पनि आम ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार