दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

काठमाडौं । पत्रकार दिलभुषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएपछि उनी जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय माग दाबी गर्दै सोमबार मुद्दा दायर गरेको थियो ।

पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) अनुसार सजाय दाबी गरिएको छ । उक्त दफा अनुसार, एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । गत जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरका तर्फबाट उजुरी परेपछि साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार