काठमाडौं । एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज असार १९ गते बिहीबार अन्तिम दिन हो । सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गर्दै छ । तसर्थ, सभामा भाग लिन र लाभांश पाउन आज असार १९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।
गत वर्षको नाफाबाट यस कम्पनीले ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ईच्षा समिर बारामा दिउँसो १ बजे सुरु हुनेछ ।