सुनकाे मूल्य घट्यो, चाँदीकाे नि ?

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार ९९५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार