काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् । बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरहेको बताएका छन् ।
उनले भने, ‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ । तिनीहरूले तेलको व्यापार गर्छन् । मैले चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न । यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन । इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ ।’