अमेरिका छोड्न तयार हुने अवैध आप्रवासीलाई हजार डलर र हवाई टिकट दिँदै ट्रम्प प्रशासन

काठमाडाैँ । अवैध रुपमा अमेरिका बसिरहेका आप्रवासीलाई स्वेच्छाले देश छाडेमा १,००० अमेरिकी डलरको स्टाइपेन्ड (प्रोत्साहन राशी) र हवाई टिकट सुविधा दिने नीति मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सार्वजनिक गरेको छ।

अमेरिकाको गृह सुरक्षा विभागका अनुसार, एउटा व्यक्तिलाई पक्राउ, थुनुवा राखेर जबरजस्ती डिपोर्ट गर्न करिब १७,००० डलर खर्च हुने हुँदा, यो नयाँ नीति सस्तो, छरितो र तनावरहित विकल्प हुनसक्ने बताइएको छ।

ट्रम्प प्रशासनले जनवरी २० देखि अहिलेसम्म करिब १,५२,००० आप्रवासीलाई डिपोर्ट गरेको छ, जुन बाइडेन प्रशासनको १,९५,००० ९फेब्रुअरी–अप्रिल २०२४० को तुलनामा कम हो। यसैबीच, CBP One नामको एपलाई फेरि CBP Home नाम दिएर पुनः लन्च गरिएको छ, जसबाट अब स्व-प्रस्थानको लागि डिजिटल आवेदन दिन सकिनेछ। यस एपलाई बाइडेन कार्यकालमा प्रवेश अनुमति लिन प्रयोग गरिन्थ्यो।

ट्रम्पले चुनावी र्‍यालीमा संकेत गरेका थिए कि ‘राम्रा’ व्यक्तिहरू भविष्यमा फेरि कानुनी रूपमा फर्कन सक्ने सम्भावना राखिन्छ। यद्यपि, गृह विभागले त्यसबारे कुनै स्पष्ट मापदण्ड वा समयसीमा भने उल्लेख गरेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार