महिन्द्राको आक्रामक लगानी, एसएमलको बहुमत सेयर खरिद गर्ने घोषणा 

काठमाडाैँ । भारतीय मोटर कम्पनी महिन्द्रा एण्ड महिन्द्रा (Mahindra & Mahindra) ले हालै व्यावसायिक सवारी साधन निर्माता एसएमएल इसुजु (SML Isuzu) मा बहुमत सेयर खरिद गर्ने घोषणा गरेको छ। यो कदम महिन्द्राको आक्रामक लगानी रणनीतिअन्तर्गत भारतको ट्रक र बस बजारमा आफ्नो उपस्थिति बलियो बनाउने उद्देश्यले गरिएको हो।

महिन्द्राले एसएमएल इसुजुमा ५८.९६५ सेयर खरिद गर्न ५५५ करोड भारतीय रुपैयाँ (अन्दाजी ६५ मिलियन अमेरिकी डलर) खर्च गर्नेछ। यस अन्तर्गत जापानको सुमितोमो कर्पोरेशनको ४३.९६५ र इसुजु मोटर्सको १५५ सेयर खरिद गरिनेछ। साथै, भारतीय नियमनअनुसार महिन्द्राले थप २६५ सेयर खरिदका लागि खुला प्रस्ताव (Open Offer) पनि ल्याउनेछ, जसको मूल्य प्रति सेयर १,५५४.६ रुपैयाँ तोकिएको छ। यद्यपि, प्रारम्भिक खरिद मूल्य प्रति सेयर ६५० रुपैयाँ मात्र हो ।

महिन्द्राको ट्रक र बस बजारमा हालको ३५ बजार हिस्सा यस खरिदपछि ६५ पुग्नेछ, र कम्पनीले २०३१ सम्ममा यसलाई १२५ पुर्‍याउने लक्ष्य लिएको छ। महिन्द्राका सीईओ अनिश शाहले यो खरिदलाई कम्पनीको दीर्घकालीन वृद्धिको रणनीतिक हिस्सा भनेका छन्, जसले उच्च सम्भावना भएका क्षेत्रमा पूँजी लगानीमार्फत प्रतिस्पर्धात्मक लाभ दिलाउनेछ ।

एसएमएल इसुजु लिमिटेड (SMLI) सन् १९८३ मा स्थापना भएको व्यावसायिक सवारी साधन निर्माता कम्पनी हो, जसले ट्रक, बस, एम्बुलेन्स, पानी ट्यांकर लगायतका विशेष सवारी साधन उत्पादन गर्छ। कम्पनीले नेपाल, बङ्गलादेश, केन्या, घाना, टान्जानिया लगायतका देशहरूमा पनि सवारी साधन निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार