काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको आयात करको प्रतिकारस्वरूप चीनले अमेरिकी कम्पनी बोइङका विमानहरू धमाधम अमेरिका फिर्ता पठाइरहेको छ ।
अहिलेसम्म दुइवटा विमान फिर्ता पठाइसकेको र अर्को एउटा विमान अमेरिका फिर्ता जाने क्रममा रहेको बीबीसीले जनाएको छ ।
चीनले अमेरिकाबाट अर्डर गरेका विमानहरू फिर्ता पठाएको बोइङ विमान निर्माता कम्पनीका प्रमुख केली ओर्टबर्गले स्वीकारिन् । ओर्टबर्गले भनिन्, “दुइवटा विमान पहिले नै फिर्ता गरिसकेको छ । अब अर्को एउटा पनि आउँदै छ ।”
आयात कर कारण दुई देशबीच व्यापारिक तनाव बढ्दै गएपछि चीनले यो कदम चालेको हो ।