वाशिंटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका प्रमुख विरुद्ध आक्रामक अभिव्यक्ति दिएपछि अमेरिकाको स्टक बजार फेरि ओरालो लागेको छ।
सामाजिक सञ्जालमा ट्रम्पले सङ्घीय रिजर्भका प्रमुख जरेमी पावेललाई ब्याजको दायरा नघटाएकोमा कटाक्ष गरेका हुन्। राष्ट्रपति ट्रम्पले अर्थतन्त्रलाई उकास्नका लागि तत्काल ब्याजदर घटाउन भनेका थिए।
ट्रम्पले पावेलको ढिला सुस्तीका कारण अर्थतन्त्र अत्यन्त ओरालो लागेको तथा ब्याजदर घटी रहेको र उनी नै सबै भन्दा असफल रहेको भन्दै केन्द्रीय बैंक प्रमुखलाई ‘मिस्टर लुजर’को संज्ञा दिएका हुन्।
अहिले अमेरिकाको पाँच सय भन्दा ठुला कम्पनीको ट्र्याक गर्ने सबै भन्दा ठुलो एसएन्ड पी पाँच सयको सेयर २.४ प्रतिशतले घटेको छ। यो वर्षको सुरुवातदेखि यसको कुल मूल्यमा १२ प्रतिशत गिरावट आएको छ।