गभर्नरको दौडमा रहेका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

उनले आफ्नो राजीनामा पत्र कायममुकायम गभर्नर निलम ढुंगानालाई बुझाएका छन् । तर ढुंगानाले राजीनामा पत्र नबुझेको स्रोतले उल्लेख गरेको छ ।

उनी महाप्रसाद अधिकारी बिदा भइसकेकाले नयाँ गभर्नरको दौडमा छन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्र केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरबारे कांग्रेस सभापति देउवासँग यही बुधबार छलफल गरेका थिए ।

शक्तिशाली सरकार भए पनि कांग्रेस र एमालेको तानातानले गभर्नर नियुक्तिको विषय पेचिलो बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार