शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न म्याद थप

काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले उद्योगी तथा हिमालयन रि इन्स्योरेन्सका तत्कालिन अध्यक्ष शेखर गोल्छालाईप्रारम्भिक अनुसन्धानका लागि प्रहरीलाई चार दिनको हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ।

उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न प्रावधानअनुसार अनुसन्धानको दायरामा राखिएको छ।

नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनका आधारमा यो अनुसन्धान अघि बढाइएको हो। उक्त प्रतिवेदनमा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबारमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहबीच मिलेमतो भएको आशंका गरिएको उल्लेख छ।

बोर्डको प्रतिवेदनका आधारमा गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली काठमाण्डौ जिल्ला अदालतबाट अनुमति लिई वैशाख १० गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार