सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९७ हजार १ सयमा भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार