व्यापार युद्ध बढ्ने चिन्ता : अमेरिकामाथि चीनले लगायो १२५ प्रतिशत आयात कर

काठमाडौं । चीनले अमेरिकाबाट आयात गरिने सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले चीनमाथि १४५ प्रतिशत आयात कर लगाउने घोषणापछि चीनले जवाफी कदम चालेको हो ।

चीनले अमेरिकाविरुद्ध घोषणा गरेको कर भोलिबाट लागु हुने बीबीसीले जनाएको छ । समाचारका अनुसार, चीनले घोषणा गरेको यो करको दर अमेरिकाले चीनलाई लगाएको करको बराबर हो ।

अमेरिकाले जति कर लगाउँछ चीनले पनि त्यति नै जवाफी कर अ‍ेरिकामाथि लगाउँदै आएको छ । चीनको पछिल्लो घोषणापछि डोनाल्ड ट्रम्पले थालेको विश्वव्यापी व्यापार युद्ध थप बढ्ने विश्लेषण गरिएको छ । चीनले अमेरिकामा निर्यात हुने केही सामानमा १४५ प्रतिशत कर भोगिरहेको छ ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले युरोपेली युनियनलाई अमेरिकाले गरिरहेको दादागिरीको विरोधमा चीनसँग हातेमालो गर्न आह्वान गरेका छन् । राष्ट्रपति सीले आयात कर युद्धमा कसैको जित नहुने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार