काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा आयात कर १४५ प्रतिशत पुर्याएका छन् ।
चीनले अमेरिकी आयातमा ८४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाएपछि अमेरिकाले १२५ प्रतिशत बनाएको थियो । अहिले बढाएर १४५ प्रतिशत पुर्याएको ह्वाइट हाउसबाट प्रकाशित मेमोलाई उदृत गर्दै सीएनबीसी पत्रिकाले जनाएको छ ।
अमेरिकामा फेन्टानिल तस्करीमा चीनको भूमिका रहेको भन्दै वर्षको सुरुमा चीनविरुद्ध लगाइएको २० प्रतिशत अतिरिक्त करलाई जोडेर १४५ प्रतिशत पुर्याइएको समाचारमा बताइएको छ ।
एक दिनअघि ट्रम्पले अमेरिका र चीनबीचको व्यापार घाटा कम गर्ने उद्देश्यले चीनमाथि लगाएको आयात करको प्रतिशोधमा चीनले अमेरिकाविरुद्ध ८४ प्रतिशत प्रतिशोधात्मक आयात कर घोषणा गरेको थियो । बदलामा अमेरिकाले चीनलाई १२५ प्रतिशत आयात कर लगाएको थियो । अब चीनबाट आयात हुने सबै वस्तुमा अमेरिकामा १४५ प्रतिशत भन्सार कर लाग्नेछ ।