काठमाडौं । दिनहुँजसो एकपछि अर्को कीर्तिमान कायम गर्दै आइरहेको सुनको मूल्यमा बुधबार पनि ‘रेकर्ड’ बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (पुस ३०) मा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुनको मूल्य दुई लाख ७८ हजार रुपैयाँ पुगेको छ । मंगलबार पनि १८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार पाँच हजार ३४० रुपैयाँ रहेको चाँदीको मूल्य भने आज पाँच हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।