एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ ।

दरखास्त पुस २५ देखि माघ १ गतेसम्म दिन सकिनेछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ ।

दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । सेवाअवधी कम्तीमा ४० दिन हुने बताइएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दै छ । सोही प्रयोजनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार