काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए ।
‘प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘सरकार गम्भीर भएन र आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं ।’
उनले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिए । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उनको भनाइ छ ।