सुनको मूल्य आज सामान्य बढ्यो

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार