काठमाडौँ – सशस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो ।
मानवश्रोत विकाश विभागमा नारायणदत्त पौडेललाई सरुवा गरिएको छ ।
सीमा सुरक्षा विभागमा बंशीराज दाहाल र कार्य विभागमा गणेश ठाडा मगरलाई सरुवा गरिएको छ । यसअघि पौडेल कार्य विभाग, दाहाल मानवश्रोत र ठाडा मगर सीमा सुरक्षा विभागमा कार्यरत थिए ।