मौद्रिक नीति समीक्षा : नीतिगत दर र स्थायी तरलता सुविधा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ । यसअघि यो ४।५० प्रतिशत थियो ।

त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ । तर, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई भने यथावत् अर्थात् २.७५ प्रतिशत नै राखेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार