आज शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार