काठमाडौं । आगामी आर्थिक बर्षदेखि सरकारी कर्मचारीका साथै नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, संस्थान, समिति, बोर्डका कर्मचारीहरुलाई समेत अनिवार्यरुपमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गरिने भएको छ ।
अर्थ मन्त्रालयले उनीहरु सबैलाई परिपत्र गर्दै अब योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने कुराको जानकारी गराएको हो । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भन्दै मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।
योगदनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नव्यहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले गराएको छ । यसअघि निजी क्षेत्रका संगठित र असंगठित क्षेत्रका श्रमिकहरु मात्रै आवद्ध हुँदै आएको सामाजिक सुरक्षा कोषमा अब सरकारी कर्मचारी पनि आवद्ध हुनुपर्ने भएको छ ।