सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १४.८८ अंकले घटेर परिसूचक २६८२.१५ बिन्दु कायम भएको छ ।

कारोबारमा ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको घटेको छ । कारोबारमा होटल, ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार