काठमाडौं – बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने योजना बनाएका छन्।गेट्सले आफ्नो फाउन्डेसनमार्फत् त्यो सबैगरी सक्ने बताएका हुन्। उनले ब्लगमा मृत्यु पछिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताएका छन्।
६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत एक अर्ब अमेरिकी डलर खर्च गरेका छन्। अब उनले थप २ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ। गेट्सले सन् १८८९ मा आन्द्रेयु कार्नेगाइइले लेखेको द गेस्पेल अफ वेल्थ प्रेरणाको श्रोत भएको बताउँछन्। समुदायमा लागि धनी व्यक्तिको जिम्मेवारी सो पुस्तकमा लेखेका छन्।
माइक्रोसफ्टका संस्थापक गेट्सको कुल सम्पत्तिको एक अंश पनि एक अर्ब डलरभन्दा बढी हुन्छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बिल गेट्सको सम्पत्ति १ खर्ब ६२ अर्ब डलर छ ।