झडपमा घाइते भएका ६२ शिक्षकमध्ये १२ जनाको अवस्था चिन्ताजनक 

काठमाडौं– हिजो आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा घाइते भएका ६२ जनामध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ । हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

प्रतिक्रिया
सम्बन्धित समाचार