काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू गौरीकुमारी यादव र रामजी यादव मन्त्री बन्ने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति र श्रम मन्त्रालय खाली रहेकोमा उनीहरूलाई कुन-कुन विभागीय नेतृत्व दिने भन्ने सार्वजनिक गरिएको छैन ।
रास्वपा स्रोतका अनुसार, दुवै जना आजै मन्त्री बन्न लागेका हुन् । गौरीकुमारी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् भने रामजी सप्तरी–२बाट निर्वाचित सांसद हुन् ।