ट्रम्पले हार्वर्ड विश्वविद्यालयकाे दुई अर्ब फन्ड बन्द गर्याे

काठमाडाैँ । हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको केही मागहरू अस्वीकार गरेपछि अमेरिकी संघीय सरकारले विश्वविद्यालयलाई प्रदान गर्ने २.३ अर्ब डलर (करिब ३०५ अर्ब नेपाली रुपैयाँ) को संघीय अनुदान रोक्ने निर्णय गरेको छ।

अमेरिकी शिक्षा विभागले विज्ञप्ति जारी गर्दै आफ्नो देशको प्रबुद्ध शैक्षिक निकाय तथा विश्वविद्यालयको सोच्ने शैलीमा नै परिवर्तन आउने ठहर हार्वर्डको अभिव्यक्तिले पुष्टि भएको जनाएको छ।

भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तन लगायत माग राख्दै स्वास्थ्य मन्त्रालयले गत साता विश्व विद्यालयलाई पत्र लेखेको थियो। विश्वविद्यालयले मंगलबार राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै सो मागलाई अस्वीकार गरेको थियो।

ट्रम्प प्रशासनको दबाबमा परेर आफ्नो नीति परिवर्तन नगर्ने यो अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ। सोमबार विश्वविद्यालयका अध्यक्ष एलन गार्वर आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति जारी गरेका हुन्।

हार्वर्ड विश्वविद्यालय र ट्रम्प प्रशासनबीचको यो विवाद अमेरिकी उच्च शिक्षामा सरकारको भूमिका, अभिव्यक्ति स्वतन्त्रता, र विविधता सम्बन्धी नीतिहरूमा गहिरो बहसको संकेत हो। यो घटनाले अन्य विश्वविद्यालयहरूलाई पनि संघीय नीतिहरूको पुनरावलोकन गर्न प्रेरित गर्न सक्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार