आजको बिनिमयदर ! अमेरिकी डलरको भाउ, हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३१ पैसा र बिक्रीदर १७३ रुपियाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपियाँ ५८ पैसा र बिक्रीदर १९९ रुपियाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ६१ पैसा र बिक्रीदर १८६ रुपियाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपियाँ ५५ पैसा र बिक्रीदर १०० रुपियाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ५० पैसा र बिक्रीदर १०६ रुपियाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ७५ पैसा र बिक्रीदर ११५ रुपियाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०८ पैसा र बिक्रीदर २१ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १५ पैसा र बिक्रीदर ३९ रुपियाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २८ पैसा र बिक्रीदर ४० रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ६५ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २७ पैसा र बिक्रीदर १६ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०७ पैसा र बिक्रीदर २३ रुपियाँ १६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपियाँ २८ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९० रुपियाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपियाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार