काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक समूहअन्तर्गतको अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले कुल ३ लाख ६ हजार ५९७ कित्ता शेयर यही माघ १८ गतेदेखि खुला लिलामीमा ल्याउन लागेको हो।
लिलामीमा राखिएको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर वा त्यसभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र आवेदन गर्दा कम्तीमा १०० कित्तादेखि सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा उपलब्ध सबै कित्ताका लागि समेत आवेदन दिन सकिनेछ।