सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दुई लाख ८२ हजार 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । सोमबार (माघ ५)मा छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले बढेको हो । आइतबार (माघ ४) छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेको छ । योसँगै एक तोला चाँदी किन्न पाँच हजार ८१० रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार