ऊर्जामा निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब पुग्यो

काठमाडौ । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) ले तयार गरेको विशेष प्रतिवेदनमा सो बराबरको लगानी भएको उल्लेख गरिएको हो ।

इप्पानले ऊर्जामा निजी क्षेत्रको कुल लगानी कति छ भनेर पहिलोपटक अध्ययन गरेको थियो । जसबाट यस्तो तथ्यांक निकालिएको इप्पानले जनाएको छ ।

त्यसमा बैंकहरुले ८ खर्ब ७० अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् भने बाँकी निजी क्षेत्रले स्वपुजीको रुपमा लगानी गरेका छन् । इप्पानले आज २६ औं वार्षिकोत्सवको अवसरमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार