शेयर बजार आज ३१.१२ अंकले बढ्यो, आठ अर्ब ४० करोडको कारोबार

चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (माघ (४) सेयर बजार ३१.१२ अंकले बढेको छ । यससँगै बजार २६७२.५५ विन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन आठ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

३३८ कम्पनीको सेयर खरिदबिक्री हुँदा २२४ कम्पनीको बढ्यो । ३१ कम्पनीको मूल्य घट्दा पाँच कम्पनीको स्थिर रह्यो ।

सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार