काठमाडौं । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ ।
गत शुक्रबार दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ६२५ निर्धारण भएको छ । शुक्रबार पाँच हजार ६४५ मा कारोबार भएको थियो ।