सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गतेको भएको लुटपाट प्रकरणमा घरका धनीकै योजनामा र व्यवस्थापनमा भएको खुलास भएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस २९ गते साँझ ७ः३० बजे बैंक लुटपाटमा संलग्न सात जना पक्राउ गरिएको र एक जना फरार रहेको जानकारी दिए ।
उनका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ बर्षिय सुमो चालक भागवतसिंह थापा, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुर महानगरपालिका–२ का २४ बर्षिय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठेगाना भएका १९ वर्षीय विवेक मगर, सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक पक्राउ परेका छन् ।
उता सिन्धुलीको घ्याङलेख–२ निवासी घरधनी ४४ वर्षीय छविलाल स्याङ्तान पनि समातिएका छन् । उक्त प्रकरणमा एकजना १६ वर्षीय किशोर पनि पक्राउ परेका सुवेदीले बताएका छन् । डीएसपी सुवेदीले एसबीआई बैंकबाट लुटिएको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ बरामद भइसकेको छ। प्रहरीले लुटका क्रममा प्रयोग गरे पेस्तोल पनि नक्कली भएको पत्ता लगाएको छ । उनीहरूले लुटका क्रममा प्लास्टिकको पेस्तोल प्रयोग गरेको पाइएको छ।