बीमा क्षेत्रमा अबदेखि नगद कारोबार बन्द, सबै भुक्तानी अब डिजिटल

काठमाडौं । बीमा क्षेत्रमा आन्तरिक नगद भुक्तानीको अभ्यास आजदेखि पूर्ण रूपमा बन्द भएको छ । नेपाल बीमा प्राधिकरणले माघ १ गतेदेखि लागू हुने गरी सबै प्रकारका भुक्तानी बैंक खातामार्फत विद्युतीय प्रणालीबाट मात्र गर्न निर्देशन दिएपछि नगद कारोबारको अन्त्य भएको हो ।

प्राधिकरणको निर्देशनअनुसार अब बीमा कम्पनीहरूले अभिकर्ता, कर्मचारी, सेवा प्रदायक तथा अन्य कुनै पनि पक्षलाई गर्ने भुक्तानी नगद वा बियरर चेकमार्फत गर्न पाउने छैनन् । सबै किसिमका भुक्तानी अनिवार्य रूपमा सम्बन्धित व्यक्तिको बैंक खातामा डिजिटल माध्यमबाटै गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

प्राधिकरणले यो व्यवस्था २०८२ साल माघ १ गतेदेखि कार्यान्वयनमा आएको स्पष्ट पारेको छ । परिपत्रले बीमितलाई दिइने दाबी भुक्तानीभन्दा बढी बीमा कम्पनीभित्रको खर्च व्यवस्थापन, वित्तीय अनुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने उद्देश्य लिएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार